एमाले अध्यक्ष ओलीले गरे संसद विघटनको बचाउ

Posted on: 17 Sep, 2022

असोज १, काठमाडौँ | प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गर्नुभएको हो । संसदमा आफूभन्दा अगाडि बोल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संविधानको रक्षा गरेको बताउनुभएको सन्दर्भमा ओलीले भने 'निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिदैन | असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाही प्रतिगमन हो | निर्वाचनमा जाने कुरा पहिला पनि प्रतिगमन होइन | अहिले पनि प्रतिगमन होइन |' अध्यक्ष ओलीले आफूले राम्रो काम गर्दागर्दै षड्यन्त्र भएको जिकिर पनि गरे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!