बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्।

छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्।

उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव नेपाललाई एकै घानमा पार्दै तीनकुने समस्याबारे सामाजिक सञ्जालमा लेखेका हुन्।\


यस बिषयमा तपाइको प्रतिक्रिया...!