आरजु राणा डडेलधुराबाट समानुपातिकमा

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!