किन गए प्रचण्ड र जनार्दन सोलुखुम्बु ?

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । सोमबार बिहान प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु सोलुखुम्बुतिर लागेका हुन् । प्रदेश नम्बर एकका इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु समेत सोलुखुम्बु पुगेका छन् । 


पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङले बताए । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएको नेम्वाङले बताए । अरु पार्टी प्रवेश र भेला समेत राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!