साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ?

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौँ | राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका  उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् । 

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।


सोमबार अपरान्ह साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार मधेश प्रदेशका लागि तराई मधेश लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल, बागमती प्रदेशका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जानकारी दिएको छ । 

यसैगरी गण्डकी प्रदेशका लागि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी र लुम्बिनी प्रदेशका लागि राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारको बन्दसूची बुझाएको छ । 

यसैगरी सोमबार अपरान्ह साढे ४ बजेसम्म प्रदेशसभामा बन्दसूची बुझाउने दलहरुमा कर्णालीका लागि राष्ट्रिय जनमोर्चा र सुदूरपश्चिमका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका आयोगले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!