कांग्रेस घोषणापत्र समितिमा पत्रकार, कलाकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिए

Posted on: 21 Sep, 2022

असोज ५, काठमाडौं | कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् । उनले शर्मा संयोजक रहेको समितिलाई बुधबार ४१ सदस्यीय बनाएका छन् ।


समितिमा पार्टीका केन्द्रीय सदस्य, समाजसेवी, इन्जिनियर, प्राध्यापक, डाक्टर, कलाकार, पत्रकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिएको छ ।

देउवाले वरिष्ठ पत्रकार सुरेश आचार्य र गेजा शर्मा वाग्लेलाई समितिमा राखेका छन् । यस्तै, साहित्यकार विष्णुविभु घिमिरे, श्रवण मुकारुङ समितिमा परेका छन् । 

घोषणापत्र तयारी समितिमा कलाकारिता क्षेत्रबाट एकजना मात्र परेका छन् । उनी हुन्, निर्देशक मिन भाम । चर्चित सिनेमा ‘कालोपोथी’ का निर्देशक कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार सिफारिससमेत भइसकेका छन् ।

यस्तै, क्रिकेटर विनोद दास पनि कांग्रेसको घोषणापत्र तयारी समितिमा परेका छन् । उनी लामो समयसम्म राष्ट्रिय क्रिकेट टोलीका सदस्य थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!