स्थानीय निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिए

Posted on: 21 Sep, 2022

असोज ५, लमजुङ | वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् । 

योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन् ।

प्रदेश सभा क तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष गरी जम्मा ६३ हजार ५७५ मतदाता छन् । 

त्यस्तै प्रदेश सभा ख तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरी जम्मा ६९ हजार ९८४  मतदाता रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!