दीपक बोहरासँग ४७३ मतले पछि परे गृहमन्त्री खाँण

Posted on: 25 Nov, 2022

मंसिर ९, रुपन्देही | रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पछि पारेका छन् ।


बोहराले  २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका प्रअयात बन्जाडेले एक हजार २ सय ११ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!