उदयपुर-१ मा मतगणना रोकियो

Posted on: 27 Nov, 2022

मङ्सिर ११, उदयपुर | उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

उनले दिउँसो सवा ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताए ।

कुल ७६ हजार ७५६ मत खसे उदयपुर-१ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८२५ मतले अग्रता लिएका छ्न् ।

खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्‍याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!