खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु

Posted on: 02 Dec, 2022

मङ्सिर १६, काठमाडौँ | इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका बेला उनीहरु सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

उनीहरु सवार रहेको ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परेर अरु दुई जना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो समयमा नाइजेरियामा सवारी दुर्घटना सामान्य जस्तो हुदै गएको छ । सडकको खराब अवस्थाका साथै सवारी चालकको असावधानीका कारण यहाँ सडक दुर्घटना दिन प्रतिदिन बढ्दै गएको पाइएको यहाँको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!