प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको कति सिट ?

Posted on: 04 Dec, 2022

मङ्सिर १८, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ ।

नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ ।

प्रत्यक्षतर्फ १६१ सिटको परिणाम सार्वजनिक, कुन दलको कति ? - Nepal's News  Portal

नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको छ । यस्तै, जनता समाजवादीले ७ सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ४ सिट जितेको छ । 

नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र ५ उम्मेदवारले जितेका छन् ।

अब दोलखामा मात्रै मतगणना जारी छ । सो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटीको अग्रता छ । उनलाई माओवादी केन्द्रका माओवादी केन्द्रका गंगा कार्कीले पछ्याइरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!