सुकुम्बासी समस्या समाधान गर्न गृहमन्त्री र मेयर बालेनबीच छलफल

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेट भएको छ।

उक्त भेट महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ।

गृह स्रोतका अनुसार गृहमन्त्री लामिछाने महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक देखिएका छन्।

केही समय पहिले महानगरले गृह मन्त्रालयलाई सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न पत्राचार गरेको थियो। तर, मन्त्रालयले प्रक्रिया पुर्‍याएर मात्रै सुकुम्बासी समस्या समाधान गर्ने जवाफ पठाएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!