प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच आज बिहान भेटवार्ता

Posted on: 31 Jan, 2023

माघ १७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।

सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका हुन् । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । 

लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!