राजनीति | काठमाडौँ - KTM


जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

Posted on August 13, 2023 | views : 401 | काठमाडौँ - KTM

साउन २८, भरतपुर | मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्। शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौ

Read More

समाजवादीलाई राखेप मा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन: नेता खनाल

Posted on August 12, 2023 | views : 389 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निक

Read More

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत

Posted on August 12, 2023 | views : 428 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्यु

Read More

युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

Posted on August 12, 2023 | views : 388 | काठमाडौँ - KTM

साउन २७, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई

Read More

डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

Posted on August 11, 2023 | views : 1059 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।  शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो ।  जिल्ला अदालत काठमाडौँका न्यायाधी

Read More

कानुन उल्लंघन भए पनि रोनाल्डोलाई छुट !

Posted on August 11, 2023 | views : 659 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | पोर्चुगिज फुटबल स्टर क्रिस्टियानो रोनाल्डो हाल साउदी अरेबियाको घरेलु लिगमा ब्यवसायीक फुटबल खेल्छन् । ३८ वर्षीय स्ट्राइकर रोनाल्डो इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी क्लब अल—नासरमा आबद्ध भएका हुन् ।  अल—नासरले रोनाल्डोका लागि कीर्तिमानी रकम खर्च गरेको थियो

Read More

सरकार पाकिस्तानी मोडेलमा गएको आरजुको आशंका, कांग्रेसलाई छानीछानी दुःख दिइयो

Posted on August 11, 2023 | views : 422 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाएकी छन् । संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा डा. देउवाले कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने क

Read More

यूकेको नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी, इटहरीकी ५५ वर्षीया महिला पक्राउ

Posted on August 11, 2023 | views : 457 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | सामाजिक सञ्जालबाट ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठ रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक

Read More

जापान बाहिरिएपछि नयाँ टोलीले विश्वकपको उपाधि उचाल्ने पक्का

Posted on August 11, 2023 | views : 725 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २—१ गोलले पराजित गर्‍यो ।  जितसँगै स्विडेन नवौं महिला विश्वकपको सेमिफाइनलमा पुग्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि शुक

Read More

सात महिनामा ४८ लाखले गरे हवाइ यात्रा

Posted on August 11, 2023 | views : 387 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनामा ४८ लाख यात्रुले हवाइ यात्रा गरेका छन्। विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि जुलाईसम्म ४८ लाख १० हजार ९४७ जनाले हवाइ यात्रा गरेका हुन्। यसमध्ये २५ लाख १२ हजार जनाले अन्तर्राष्ट्रिय हवाइ यात्रा गरेका छन्। विमानस्थलका अन

Read More

गौर घटनाबारे सरकारले गरेको सहमतिले शान्ति र सद्‍भाव बिथोल्ने काम गर्‍यो : जसपा

Posted on August 11, 2023 | views : 408 | काठमाडौँ - KTM

 साउन २६, काठमाडौँ | सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले आपत्ति जनाएको छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा राख्दै राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त

Read More

म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

Posted on August 11, 2023 | views : 465 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । शर्मालाई शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो ।  शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको

Read More

क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्छ : डा. भट्टराई

Posted on August 11, 2023 | views : 351 | काठमाडौँ - KTM

साउन २६, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्

Read More

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

Posted on August 11, 2023 | views : 330 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् । “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको

Read More

कांग्रेस संसदीय दलको बैठक सुरु

Posted on August 11, 2023 | views : 458 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार  दिउँसो १ : ४५ बजेबाट नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बसिरहेको छ । अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठकको एजेन्डा रहेको संसदीय दलका प्रमुख सचेतक रमेश

Read More

एनआईसी एशिया बैंकले ल्यायो तीन कर्जा योजना

Posted on August 11, 2023 | views : 391 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | एनआईसी एशिया बैंकले नयाँ तीन कर्जा योजना ल्याएको छ । शुक्रबार बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो । नयाँ कर्जा योजनामा बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ व

Read More

बैठक सुरु हुनेवित्तिकै प्रतिपक्ष र सत्तापक्ष सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Posted on August 11, 2023 | views : 376 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए ।  साहलाई बोल्न दिएपछि सत्तापक्ष

Read More

कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

Posted on August 11, 2023 | views : 315 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्य

Read More

साउन ३१ गते १ बजेर १ मिनेटसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

Posted on August 11, 2023 | views : 342 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो । एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भन

Read More

कारागारभित्र कैदी मृत्यु प्रकरण : सुरक्षार्थ खटिएका १० प्रहरी अधिकारीमाथि छानबिन

Posted on August 11, 2023 | views : 344 | काठमाडौँ - KTM

साउन २६, संखुवासभा | जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी रा

Read More

श्रम बजार मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीले गरे छलफल

Posted on August 11, 2023 | views : 326 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समा

Read More

सभापति देउवा र अर्थमन्त्री महत मिलेर सांसद शर्मालाई फसाए: व्यवसायी प्रसाई

Posted on August 11, 2023 | views : 465 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।  बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको

Read More

अभियोग प्रमाणित भए सांसद शर्माको सांसद पद गुम्ने, ७ वर्षसम्म कैद सजाय हुनसक्ने

Posted on August 10, 2023 | views : 477 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । पक्राउ परेका सांसद शर्माको सांसद पद पनि धरापमा परेको छ ।  उनीमाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जानेछ भने उनले ७ वर्ष

Read More

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

Posted on August 10, 2023 | views : 496 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन ।

Read More

कस्टडीबाटै कांग्रेस सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो

Posted on August 10, 2023 | views : 439 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ |  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्। उनलाई सीआईबीले बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गर

Read More

के अभियोगमा पक्राउ परे कांग्रेस सांसद ? गृह स्रोत भन्छ-अरु पनि पक्राउ पर्दैछन्, केहीबेर पर्खिनुस् !

Posted on August 10, 2023 | views : 448 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएकोबारे प्रहरीले औपचारिक पुष्टि गर्न नमानिरहेका बेला गृहमन्त्रालय स्रोतले शर्माजस्तै अन्य पनि पक्राउ पर्न लागेको जनाएको छ । गृहमन्त्रालय स्रोतले भन्यो, ‘सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो

Read More

कांग्रेस सांसद शर्मा पक्राउ

Posted on August 10, 2023 | views : 588 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । प्रहरीले भने केही बताउन चाहेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिय

Read More

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

Posted on August 10, 2023 | views : 228 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार दिउँसो भर्ना भएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उनका

Read More