वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 13 Aug, 2024

साउन २९, काठमाडौं | वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बेलायतमा लैजाने भन्दै  ठगी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३३ वर्षीय रबि क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीले आकर्षक तलबको प्रलोभन देखाई पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!