दुवै डोज खोप लगाएको ६ महिनापछी प्रभावहिन, 'बुस्टर डोज' नलगाए कोरोनाको जोखिम उत्तिकै !

Posted on: 04 Dec, 2021

मङ्सिर १८, काठमाडौँ | कोरोनाको नयाँ भेरिएन्ट भित्रिने जोखिमसंगै नेपालले यसको पुर्वतयारी गर्नु पर्ने देखिएको छ । दुवै मात्राको कोरोना बिरुद्धको खोप दिएर त्यसमा पनि बुस्टर डोज दिँदा कोरोनाको नयाँ भेरिएन्टलाई परास्त गर्ने क्षमता बढ्ने विज्ञहरुले बताईरहेका छन् तर सरकार यस सम्बन्धमा मौन छ । 

नेपालले पहिलो र दोस्रो चरणको खोप अभियानसमेत चलाउन नसकेकोको अवस्थामा कसरी 'बुस्टर' डोज दिन सक्ला ? प्रश्नको विषय बनेको छ । त्यसो त नेपालमा कोरोनाको बुस्टर डोज दिने कुरा चर्चामा समेत छैन । 

नेपालसँग अझै करिव ८० लाख डोज खोप प्रयोग हुन बाँकी छ । थप तीन करोड ५६ लाख खोप भित्र्याउने सरकारी लक्ष्य छ । सरकारले आफूसंग भएको खोप पहिलो/दोश्रो डोजसमेत प्रभावकारी ढंगले जनतालाई दिने कुरामा शंका गर्न थालिएको अवस्थामा बुस्टर डोज कहिले दिन सक्ला ? किन भने खोप भण्डारणमा समस्या पर्न सक्ने बुझेर पनि अहिले प्रयाप्त मात्रामा खोप लगाइएको छैन । नेपालसँग अझै ८० लाख बढी डोज खोपको मौज्दात छ तर दैनिक अहिले खोप लगाएजस्तो धिमा गतिमा खोप लगाउने हो भने त्यहि ८० लाख डोज खोप उपयोग गर्न पनि २/३ महिना लाग्ने अवस्था देखिएको छ । त्यसमा पनि थप डोज ल्याउने हो भने त्यसलाई ल्याए लगत्तै उपयोग गर्न नसक्ने तथा भण्डारणमा समेत समस्या देखिन सक्छ । जसको कारण कोरोनाको नयाँ भेरिएन्टको जोखिम र त्यसको प्रभाव खोप नपाएका जनतामा देखिने पक्का छ ।

बिज्ञहरुको अनुसार कोरोनाको दुवै मात्राको खोप लगाएर ६ महिना कटेपछि त्यसको प्रभाव देखिएको छैन । जसको कारण दुवै डोज लगाईसकेकाहरुलाई समेत तेश्रो डोज अर्थात 'बुस्टर डोज' दिनु आवश्यक देखिएको छ ।

नेपालसँग बुस्टर डोज लगाउनको लागि पनि पुग्ने खोप पाइपलाइनमा छ । तर पहिलो र दोश्रो डोज समेत दिन बाँकी छँदा बुस्टर डोजको कुरा सरकारको योजनामै छैन । बिज्ञहरुले दुवै डोज लगाए पनि ६ महिना काटेपछि त्यसको प्रभाव नरहेको भन्दै बुस्टर डोज लगाउन सुझाव दिएका छन । इडियन सार्स कोभिड–२ जेनेटिक कन्सोर्टियमका वैज्ञानिकहरूले ओमिक्रोनको जोखिमलाई ध्यान दिंदै ४० वर्षभन्दा माथिकाहरूको लागि बुस्टर डोजको सिफारिस गरेको वर्तमान अवस्थामा नेपालले पनि बुस्टर डोज दिनेतर्फ बेलैमा ध्यान दिनु पर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!