राप्रपाको मतदान जारी, चार हजार चार सय ७१ ले भोट हाल्दै

Posted on: 04 Dec, 2021

मंसिर १८, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ। कमल थापा र राजेन्द्र लिङदेन प्यानलसहित चुनवाी स्पर्धामा उत्रिएपछि महाधिवेशन चुनावी प्रक्रियामा गएको हो।

बिहान ८ बजेदेखि हुने भनिएको चुनाव भर्खरै मात्रै सुरु भएको छ । प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए। राप्रपाका महाधिवेशन प्रतिनिधि ४ हजार चार सय ७१ छन्।

केन्द्रीय निर्वाचन समितिकाअनुसार चुनावका लागि अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!