वाग्मती सफाइ महाअभियान : १० मेट्रिक टन फोहर व्यवस्थापन

Posted on: 04 Dec, 2021

मंसिर १८, काठमाडौँ | वाग्मती सफाइ महाअभियानको ४४७ औं हप्तामा सिनामंगल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको छ। महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ।

सफाइमा अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, स्थानीयवासी, महानगरपालिका वातावरण विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, हलेसी डेकोर, वाग्मती फोहर उन्मूलन उपभोक्ता संघका पदाधिकारी, कर्मचारी एवं सदस्यको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो। महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म दुई घण्टा ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ नदीका विभिन्न भागमा सफाइ गरिन्छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!