थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on: 05 Dec, 2021

मंसिर १९, काठमाडौं | काठमाडौंको थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ । दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको पनौती घर भएका १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरित दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर पछाडि सवार रहेका २२ वर्षीय आशिष हुमागाईं घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार हुँदैछ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!