भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकताभन्दा नेपालतर्फ प्रतिलिर ३२ रुपैयाँ ९६ पैसा सस्तो रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!