आकाशमै ढोका खुलेको गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न समिति गठन

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | गत २ माघमा काठमाडौँबाट पोखरा उड्दै गरेको गुण एयरलाइन्सको जहाजमा आकाशमै ढोका खुलेको विषयबारे छानबिन हुने भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा आज चार सदस्यीय समिति गठन गरेको हो । समितिलाई तीन दिन भित्रमा प्रतिवेदन पेश गर्न सुझाइएको छ । 

समितिमा वरिष्ठ क्याप्टेन निरौलासँगै मन्त्रालयका इलेक्ट्रिकल इन्जिनियर नसिब आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु सावित्री श्रेष्ठ र प्राधिकरणका एरोनटिकल इन्जिनियर रितेशराज पन्त छन् । 

आइतबार घटेकोजस्तो घटना भविष्यमा पुनः दोहोरिन नदिन छानबिन हुन लागेको मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!