सर्लाहीमा बस दुर्घटना, १७ घाइते

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मंगलबार दिउँसो यात्रु बस पल्टिएको छ । बस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् ।

मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना.५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक यात्रुबस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस पूर्व–पश्चिम राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।

बसमा यात्रारत १७ जना घाईते भएको र जसमध्ये एकजना गम्भिर रहेको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!