काठमाडौँ जिल्ला प्रशासनबाट नागरिकता वितरण स्थगित, राहदानी बुकिङ पनि बन्द !

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | काठमाडौँ जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा पनि कोभिड–१९ को संक्रमण बढेपछि सेवा कटौती गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि लागू हुनेगरी सेवा कटौती गरेको हो।

जस अनुसार अब नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणका काम स्थगित गरिएका छन्।

यस्तै, राहदानी विभागले पनि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ। यसअघि टोकन लिएका तथा बुकिङ भएका बाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ। विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका बाहेक अन्य सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!