कानून मन्त्री बडूलाई कोरोना संक्रमण

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।

बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराउनु भएको थियो ।

मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!