बैतडीमा यात्रुवाहक बस दुर्घटना, आठ घाइते

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ ।  पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा बिहीवार बिहान ६ बजे दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर आठ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् ।  घाइतेहरुलाई  उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।  

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!