बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य राष्ट्रपतिद्वारा नियुक्त

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । आज राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै आचार्यलाई नियुक्त गरेको जानकारी दिएको हो ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा आचार्य राजदूतमा नियुक्त भएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘श्रीमती राष्ट्रिपति विद्यादेवि भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफरिसमा ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!