दाङका २ युवतीमाथि भारतीय युवकहरूबाट सामूहिक बलात्कार, ४ जना लुटिए

Posted on: 27 Jun, 2022

असार १३, दाङ | भारतीय बजार जाँदै गरेका दुई नेपाली युवतीमाथि भारतीय युवकहरूबाट सामूहिक बलात्कार भएको छ ।

 दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । 

युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!