नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनो प्रवेश गर्ने दुई नेपाली पक्राउ

Posted on: 07 Aug, 2022

साउन २२, काठमाडौँ | नक्सालस्थित मेरियट होटलमा रहेको डेल्टिन क्यासिनोमा प्रहरीले छापा मारेको छ। उक्त क्रममा नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनो प्रवेश गर्ने दुई नेपाली पक्राउ परेका छन् ।


गएराति नेपाली प्रवेश गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।  प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीका खगेन्द्र भण्डारी र तनुहँका सूर्यबहादुर शाही छन्। नेपालीलाई क्यासिनोमा प्रवेश निषेध रहेकाले उनीहरुले भने भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गरेको पाइएको छ। 

नक्कली भारतीय आधार कार्ड देखाएर उनीहरु क्यासिनोमा प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरु आफैं खेल्नेभन्दा पनि हार्ने व्यक्तिलाई अनलाइनमार्फत् रकम दिने र त्यसवापत ठूलो फाइदा लिँदै रकम लिने गरेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!