सिंहदरबारका नासुको पेनडाउनः माथिल्लो तहका कर्मचारीको तलब धेरै बढेकोमा विरोध

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | सिंहदबारमा कार्यरत नायब सुब्बाहरूले सोमवार ‘पेन डाउन’ गरेको छ । ‘नासु बचाउँ’ आन्दोलनका क्रममा उनीहरूले सोमवार पेनडाउन गरेका हुन् । पेनडाउनमा नासुभन्दा मुनिको तहका कर्मचारीहरू पनि सहभागी भएका छन् । 


उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । आफूहरुले राखेको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पोखरेलले बताए । सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले आफूलाई सुप्रिम ठान्दा यस्तो समस्या भएको बताए ।

‘बजेटमा जुन तलब बृद्धि भएको छ त्यो कार्यन्वयन हुँदैन । उच्चस्तरीय तलबमान आयोग गठन गरेर ट्रेड युनियनलाई समेत राखेर रिपोर्ट बनाएर अघि बढ्नुपर्छ’ पोखरेलले भने, ‘सुब्बा र अधिकृतको तलब अन्तर १५ हजार बनाएको छ । यसलाई तलब प्रणालीमा नलगेर सुखै छैन ।’  उनीहरुले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने माग राखेका छन् । राज्य सञ्चालनमा आफूहरूको महत्वपूर्ण योगदान रहेको नायब सुब्बाहरूको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!