क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् ।

उक्त आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वर्ल्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताए ।

'आगो स्थानीय र दमकलको सहायतामा प्रहरीले नियन्त्रणमा लिइएको छ । कारखानामा विद्युत् सट भएर आगलागी भएको भन्ने सूचना छ,' प्रजिअ रिजालले भने, 'क्षतिको पूर्ण विवरण आइसकेको छैन । तर करिब साढे चार करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।'


यस बिषयमा तपाइको प्रतिक्रिया...!