नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी छ : गायक शिव परियार

Posted on: 08 Sep, 2022

भदौ २३, काठमाडौँ | गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन्। 

बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन्।

परियारले नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन् : ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् ।’

गायक परियारले भनेका छन्, होइन भने सबै क्षेत्रका व्यक्ति बलात्कारी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!