निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न अभियुक्त शिवराज उच्च अदालतमा हाजिर

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ | प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्। 

उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डीएनए परीक्षण गराउने आदेश दिएको थियो। 


निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका छन्। धनुषा जिल्ला अदालतले  जबर्जस्ती करणी कसुरमा श्रेष्ठलाई सफाइ दिइसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!