तोलामै ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार?

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधरबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!