नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो ।


भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डकाे व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका  मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । 

डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए ।  महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!