हेलम्बुमा हराएका शिक्षकको २२ घण्टापछि जीवितै उद्धार

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौँ | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ ।  दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिंदैछ ।


शनिबार एक्कासी खोलामा चिप्लिएर उनी खसेर हराएपछि प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले आफूलाई खबर गरेको र आफूले सुरक्षाकर्मीलाई खबर गरेर खोजी कार्यमा लागेको बताए । ‘छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुंगाको कापबाट उनलाई सकुशल उद्धार गरिएको छ‚’शेर्पाले भने । शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।


शनिबार बेपत्ता शिक्षक नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजे ‘बचाउ‚ बचाउ; गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा खटिएका थिए ।

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले कठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!