काठमाडौंको बल्खु र सिनामंगलमा आइतबार दुई वटा शव भेटियो,अनुसन्धान गर्दै प्रहरी

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौँ | काठमाडौंको फरक फरक दुई ठाउँमा आइतबार दुई वटा शव भेटिएको छ।

काठमाडौं महानगरपालिका-१४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिका-३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका-३ चाबोटे घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ३१ वर्षीय सुरज खड्का आइतबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!