दुई दिनमा १५ हजार बढीले काटे दशैंको अग्रिम टिकट

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरुको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।

‘अहिले पनि अग्मि टिकट काट्ने क्रम चलिरहेको छ,’ मल्लले भने, ‘यो वर्ष गाउँ फर्किन गाडीको अभाव हुँदैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!