ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी

Posted on: 21 Sep, 2022

असोज ५, काठमाडौं | ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी भएको छ ।

ललितपुर महानगर वडा नम्बर ३ धोविघाटस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। 


आगलागीको कारण र क्षतिको विस्तृत विवरण आइसकेको छैन । आगो नियन्त्रणमा आइसकेको छ।

 प्रहरी, दमकल र स्थानीय आगलागी नियन्त्रणमा  जुटेका थिए।

आजै केहीबेर अघि काठमाडौंको पुतलीसडकस्थित न्युप्लाजा अगाडि बिजुलीको पोलमा आगलागी भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!