स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन रोकियो

Posted on: 22 Sep, 2022

असोज ६, काठमाडौँ | धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन । 

आज बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । 

दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् । 

अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

धादिङ गजुरीको आदर्श चोकमा जेब्रा क्रसिङमा आदर्श स्कुलको बच्चालाइ बसले ठक्कर दिँदा बालकको मृत्यु भएको थियो। दुर्घटनाको विषयलाई लिएर स्थानीय र प्रशासनबीच विवाद भएको थियो । 

स्थानिय र विद्यार्थीहरुले अवरोध गरेको कारण सवारी आवागमन रोकीएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!