झापाको चारआली जंगलमा एमाले नेता मृत फेला

Posted on: 25 Sep, 2022

असोज ९, झापा | झापाको मेचीनगर नगरपालिका-१२ स्थित कालिझोडा नजिकैको चारआली जंगलमा एक जना मृत अवस्थामा फेला परेको छ। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ४ निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल रहेको प्रहरीले जानकारी दिए। 

चारआली जंगलमा एमाले नेता मृत फेला

मृतक पोखरेल नेकपा (एमाले)का जिल्ला सल्लाहकार हुन्। प्रहरीका अनुसार जंगलमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। 

उनले बोकेको कालो रङ्गको ब्याग छेउमै छ। 'अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले हत्या नभई उनले आत्महत्या गरेको देखिन्छ,' डीएसपी पाठकले भने,  शरीरमा कुनै चोटपटक छैन, शव नजिकै विषको बट्टा भेटिएको छ।' 

शवबाट विषको गन्ध पनि आइरहेको उनले बताए। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको र पोस्टमार्टमपछि परिवारजनले शव जिम्मा लिइसकेका छन्। 

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा खुल्ने उनले बताए। उनी इलाम जाने भनेर चार दिनअघि घरबाट निस्किएको परिवारजन बताउँछन्। 

उनको आइतबार अपराह्न ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!