जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 29 Sep, 2022

असोज १३, जुम्ला | जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुधबार राति कनकासुन्दरी गाउँपालिकाको गोठीज्युलाबाट स्याल लिएर सुर्खेत जाँदै गरेको बागमती प्रदेश–०३००१ ख २१६४ नम्बरको ट्रक हिमा गाउँपालिका–१ आचार्यलिहीको बझाङे खोलामा दुर्घटनामा परेको हो।


उक्त दुर्घटनामा ट्रक चालक मकवानपुरका अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। मकवानपुरकै हरि न्यौपाने (सहचालक) घाइते भएका छन्। 

घाइते न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!