धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

Posted on: 24 Nov, 2022

मंसिर ८, धादिङ | धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।

कांग्रेस धादिङका सभापतिसमेत रहेका अधिकारीले सोही क्षेत्रका निवर्तमान सांसद नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरमा पराजित गरे ।

अधिकारीले ३४ हजार ४८३ मत पाउँदा एमालेका लोहनी २३ हजार ९५० मत ल्याए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!