घुस रकमसहित सशस्त्र प्रहरी जवान अख्तियारको नियन्त्रणमा

Posted on: 25 Nov, 2022

मंसिर ९, नवलपरासी | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सेमरी नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई नियन्त्रणमा लिएको छ । 

महेशपुर सीमा नाकाबाट सामान खरिद गरी ल्याउनलाई सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अनुगमनमा खटिएको अख्तियारको टोलीलाई देवानलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!