अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक मृत फेला

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौँ | अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन्। स्थायी घर नेपालको गोरखा भएका ३७ वर्षीय रुपक थापा मृत अवस्थामा भेटिएका हुन्।

सिड्नीको वोलाक्रिक नजिकैको खोलाको पानीबाट प्रहरीले थापाको शव निकालेको गैर आवासीय नेपाली संघ (एनआरएन)अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जानकारी दिएका छन्। सन २००९ मा अष्ट्रेलिया आएका थापा सिड्नीमा श्रीमतीसँग बस्दै आएको नेपालट्युवले जनाएको छ।


थापाको मृत्युको कारणबारे न्युसाउथ वल्स प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक थापाको शव नेपाल पठाउन गोफण्डमी संचालन गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!