चैत १७ देखि एसईई परीक्षा (रुटिन सहित)

Posted on: 28 Jan, 2023

माघ १४, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।

यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!