आज आइतबार देखि मंगलबारसम्मको मौसम यस्तो रहनेछ

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ । आज पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मंगलबार पनि  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!