बनेपामा बसको ठक्करबाट ८ बर्षीया बालिकाको मृत्यु, बिपि राजमार्ग बन्द

Posted on: 02 Feb, 2023

माघ १९, बनेपा | बनेपामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ  । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद ७ स्थित २० किलोमा ८ बर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएकाे हाे  ।

उक्त घटनालाई लिएर आफन्तहरुकाे आक्रोशित भिडले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन् । भने बिपि राजमार्ग बन्द छ ।  थप विवरण आउन बाँकी छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!