नेपाली केटी चाहिन्छ ? भन्ने म्यासेज पठाई बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

Posted on: 03 Feb, 2023

माघ २०, काठमाडौँ । अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीले जानकारी दिएका छन् ।


ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरी गरेपछि अनुसन्धानका क्रममा उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले ‘नेपाली केटी चाहिन्छ ?’ भन्दै मोबाइलमा म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!