जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

Posted on: 26 May, 2023

जेठ १२, एजेन्सी | जापानमा गोली हानेको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

जापनीज सञ्चार माध्यमका अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा एक महिलालाई छुरा प्रहार गरेपछि दुई प्रहरीको हत्या गर्न गोली चलाएका थिए। सो घटनामा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका ३१ वर्षीय छोरा मसानोरी आओकी रहेको जनाएको छ ।

प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!