बेलायतमा हालसम्म ४२ जनामा ओमिक्रोन संक्रमण पुष्टि

Posted on: 04 Dec, 2021

एजेन्सी |  बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

बेलायतमा हालसम्म ३३ दशमलब ८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यता ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओले जनाएको छ । विश्वभरिबाट संकलन गरिएको ओमिक्रोनबाट संक्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको उसले जनाएको हो ।

तर संक्रमणको फैलावट भने तीव्र देखिएको डब्लुएचओको भनाइ छ । संसारभरबाट ओमिक्रोनसम्बन्धी विवरणहरू संकलन गर्ने र अध्ययन गर्ने कार्य जारी रहेको उसले जनाएको छ ।

अध्ययनबाट नयाँ सूचना प्राप्त हुने र भावी योजना तथा सतर्कताका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!